ad ad

खेल


आईपीएलका बाँकी खेल यूएईमा सुरु हुँदै

आईपीएलका बाँकी खेल यूएईमा सुरु हुँदै

नेपालखबर
असोज ३, २०७८ आइतबार १३:५, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेलहरु संयुक्त अरब इमिरेट्स (यूएई)मा आइतबारदेखि सुरु हुँदै छ। 

भारतमा कोभिड १९ को दोस्रो लहरको महामारी सुरु भएपछि गत वैशाखमा स्थगित भएको आईपीएलका खेलहरु आजदेखि सुरु हुनलागेको हो। 

बायो बबलमा रहेका खेलाडी र प्रशिक्षकहरुमा समेत कोरोना संक्रमण देखिएपछि आईपीएलका बाँकी खेलहरु स्थगित भएका थिए। आईपीएलको फाइनल खेल १५ अक्टोबरमा हुनेछ। 

आईपीएलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन्। 

खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ। मुम्बईको कप्तानी रोहित शर्मा र चेन्नईको कप्तनी महेन्द्रसिंह धोनीले गर्नेछन्। 

लिगका ७ खेलमध्ये ५ मा जित र २ मा हार भोगेको चेन्नई १० अंकमा तालिकाको दोस्रो स्थानमा छ। आजको खेलमा मुम्बईलाई हराउँदै चेन्नई अंक तालिका शीर्षस्थानमा उक्लने योजनामा छ। 

समान खेलबाट ४ मा जित र ३ मा हार भोग्दै ८ अंक जोडेको मुम्बई चौथो स्थानमा छ। 

अंक तालिकामा दिल्ली अगाडि
लिगमा धेरै खेल खेलेको दिल्ली क्यापिटल्स ८ खेलमा ६ मा जित र २ मा हार भोग्दै १२ अंकमा तालिकाको शीर्ष स्थानमा छ। 

१० अंकमा चेन्नई सुपर किंग्स दोस्रो समान १० अंक भएपनि नेट रनरेटमा पछि पर्दै रोयल च्यालेन्जर्स बेंगलोर तेस्रो स्थानमा छ। 

मुम्बई इन्डियन्स ८ अंकमा चौथो, ७ खेलमा ४ मा हार र ३ मा जित निकालेको राजस्थान रोयल्स ६ अंकमा पाँचौं स्थानमा छ।

८ खेलमा ५ मा हार र ३ मा जित निकोलेको पन्जाब किंग्स ६ अंकमा छैटौं,  ७ खेलमा २ मा जित र ५ मा हार भोगेको कोलकाता नाइट राइडर्स ४ अंकमा सातौँ र १ खेलमा जित र ६ खेलमा हार भोगेको सनराइजर्स हैदराबाद २ अंकमा तालिकाको पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .