जर्मन बुण्डेस लिगा अन्तर्गत पाचौँ चरण खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले भिएफएल बोचुमविरुद्ध ६ गोल गर्दै शीर्षस्थानमा पुगेको छ।
शनिबार साँझ भएको खेलमा बायर्नले भिएफएल बोचुमविरुद्ध ७–० गोल अन्तरको फराकिलो जित निकालेको हो।
जारी सिजनमा लगातार जित दर्ता गर्ने क्रममा बायर्नका लागि जोसुवा किमिचले दुई गोल गरे।
त्यस्तै लोरेय साने, सर्जी जिनाब्री, रोबर्ट लेवाण्डोस्की, एरिक म्याक्सिम चोउपो मोटिङले एक एक गोल गरे। बोचुमका भासिलिस लाम्प्रोपोउलोसले आत्माघाती गोल गरे।
घरेलु मैदान एलियन्ज एरिनामा बायर्नले सानेको गोलमा १७ मिनेटमा अग्रता लिएको थियो। किमिचले २७ मिनेटमा अग्रता दोब्बर बनाए।
यस्तै सानेले ३२ मिनेटमा गोल गर्दा भासिलिसले ४३ मिनेटमा आत्माघाति गोल गर्दा बायर्नले पहिलो हाफमा ४-० को अग्रता बनायो।
खेलको ६१ मिनेटमा लेवाण्डोस्कीले ५-० को अग्रता बनाउँदा ६५ मिनेटमा किमिचले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि ६–० को अग्रता दिलाए। यस्तै खेलको ७९ मिनेटमा एरिकले गोल गर्दै ७-० को जित दिलाए।
लगातार ४ जितसँगै ५ खेलबाट १३ अंक जोडेको बायर्न शीर्षस्थानमा उक्लिएको छ। १ खेल कम खेलेको वुल्फस्बर्ग १२ अंकसहित दोस्रो स्थानमा छ।
यता, पराजित बोचुम ५ खेलबाट ३ अंक सहित पुछारस्थित रेलिगेशन जोनमा अड्किएको छ।
Shares
प्रतिक्रिया