खेल


नेपाललाई ठूलो झट्का, कुशल भुर्तेल आउट

नेपाललाई ठूलो झट्का, कुशल भुर्तेल आउट

नेपालखबर
भदौ २८, २०७८ सोमबार २२:३६, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा अमेरिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ। 

अर्धशतक बनाएर खेलिरहेका कुशल भुर्तेललाई गुमाएसँगै २३१ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई ठूलो झट्का लागेको छ। 

कुशलले ८४ रनको इनिङ खेल्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। ९३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। 

ओपनिङ ब्याटिङमा आएका कुशललाई ३३औं ओभरमा निसर्ग पटेलले एलबीडब्लुको सिकार बनाएका थिए।

त्यसअघि २४ वर्षीय भुर्तेलले ६७ बलमा २ चौैका र १ छक्का मद्दतमा अर्धशतक पुरा गरेका थिए। 

एक दिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) क्रिकेटमा यो उनको करियरको पहिलो अर्धशतक समेत हो। 

अघिल्लो साता पपुवा न्युगिनी एक दिवसीय क्रिकेटमा डेब्यु गरेका भुर्तेलले तेस्रो खेलमा नै अर्धशतक प्रहार गरेका हुन्। 

पहिलो विकेटका लागि कुशलले आरिफसँग ६६ रनको साझेदारी गरेका थिए। जुन ओडिआई खेलमा पहिलो विकेटका ओपनरले गरेको यो अहिलेसम्म कै उच्च साझेदारी हो।

यसअघि नेपालबाट ओडिआईमा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी ६१ रन थियो। जुन साझेदारी २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad