एएफसी एसियन कप २०२२ को छनोट खेलका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ।
नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्नेछ।
टोलीकी नियमित सदस्य डिफेन्डर पुनम जर्घा मगर भने स्वास्थ्य स्थितिका कारण उज्वेकिस्तान भ्रमणमा सहभागी छैनन्। उनले घरेलु मैदानमा भएको बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेल पनि गुमाएकी थिइन्।
छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा यसअघि नै गरिसकेका छन्।
टोलीलाई सोमबार एक कार्यक्रमका बीच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह र महासचिव इन्द्रमान तुलाधरलगायतले बिदाई गरेका थिए।
उज्वेकिस्तानमा हुने छनोट खेलमा नेपाल फिलिपिन्स र हङकङ रहेको समुह एफ मा छ। नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै छनोटको सुरुवात गर्नेछ। दोस्रो खेल असोज ५ गते हुनेछ। समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा स्थान बनाउनेछ।
Shares

प्रतिक्रिया