खेल


नेपाललाई दोस्रो झट्का, कप्तान ज्ञानेन्द्र मल्ल सस्तैमा आउट

नेपाललाई दोस्रो झट्का, कप्तान ज्ञानेन्द्र मल्ल सस्तैमा आउट

नेपालखबर
भदौ २८, २०७८ सोमबार २१:५१, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको अमेरिकाविरुद्धको पहिलो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ।

२३१ रनको लक्ष्य पछ्याइरहेको नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई १७ रनमा गुमाएको हो। ज्ञानेन्द्रले १५ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरेका थिए। 

२० ओभरको सकिदा नेपालले २ विकेट गुमाएर ९३ रन जोडेको छ।

त्यसअघि​ मोनाक पटेलले शतकीय पारी खेलेपछि ओमानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन जोडेको थियो। 

अमेरिकी विकेटकिपर पटेलले ११४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गर्दै १०० रन जोडेका थिए। 

त्यसबाहेक अमेरिकाका ओपनर स्टिभन टेलले १४ रन जोडे। उनले १७ बलको सामना गर्दै १ चौका प्रहार गरे। अर्का ओपनर सुशान्त मोदानीले २८ बलमा १ चौका मद्दतमा १६ रन जोडे। त्यसबाहेक अमेरिकाका नोसथुस केन्जिंगे र सन्जय कृष्णमुर्तिले समान १३-१३ रन जोडेका थिए। 

नेपालका सन्दीप लामिछानेले १० ओभरमा २ ओभर मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए। सुशन भारीले पनि १० ओभमा ३१ रन दिएर २ तथा विक्रम सोबले समेत २ विकेट लिए। यस्तै कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिए।

करण केसी र सोमपाल कामीले कुनै विकेट लिन सकेनन्। खेलमा नेपालका लागि करण केसी निकै महंगा सावित भए।

५ ओभर बलिङ गरेका करणले ४१ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्। ९ ओभर बलिङ गरेका सोमपालले ४४ रन खर्चे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad