आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याइरहेको नेपालले सुखद सुरुवात गरेको छ।
ओपनर आशिफ शेख २३ रनमा नै पेवेलियन फर्किएपनि उनले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ६६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका हुन्।
४२ बलको समना गरेका शेखले २ चौका मद्दतमा २३ रन जोडे। शेख नोतुस केन्जीगेको बलमा क्याच आउट हुन पुगे।
नेपालले १३ औँ ओभरको अन्तिम बलमा शेखलाई लाई गुमाउन पुगेको हो।
१८ ओभरको समाप्तीमा नेपालले १ विकेट गुमाएर ८८ रन बनाएको छ।
क्रिजमा ओपनर भुर्तेललाई साथ दिन कप्तान ज्ञानेन्द्र मल्ल आएका छन। भुर्तेल ४५ र मल्ल १६ रनमा खेलिरहेका छन्।
त्यसअघिमोनाक पटेलले शतकीय पारी खेलेपछि ओमानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन जोडेको थियो।
अमेरिकी विकेटकिपर पटेलले ११४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गर्दै १०० रन जोडेका थिए।
त्यसबाहेक अमेरिकाका ओपनर स्टिभन टेलले १४ रन जोडे। उनले १७ बलको सामना गर्दै १ चौका प्रहार गरे। अर्का ओपनर सुशान्त मोदानीले २८ बलमा १ चौका मद्दतमा १६ रन जोडे। त्यसबाहेक अमेरिकाका नोसथुस केन्जिंगे र सन्जय कृष्णमुर्तिले समान १३-१३ रन जोडेका थिए।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा २ ओभर मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए। सुशन भारीले पनि १० ओभमा ३१ रन दिएर २ तथा विक्रम सोबले समेत २ विकेट लिए। यस्तै कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिए।
करण केसी र सोमपाल कामीले कुनै विकेट लिन सकेनन्। खेलमा नेपालका लागि करण केसी निकै महंगा सावित भए।
५ ओभर बलिङ गरेका करणले ४१ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्। ९ ओभर बलिङ गरेका सोमपालले ४४ रन खर्चे।
Shares

प्रतिक्रिया