ad ad

खेल


पटेलको शतकसँगै अमेरिकाद्वारा नेपालसामु चुनौतीपूर्ण लक्ष्य पेश

पटेलको शतकसँगै अमेरिकाद्वारा नेपालसामु चुनौतीपूर्ण लक्ष्य पेश

नेपालखबर
भदौ २८, २०७८ सोमबार १९:४२, काठमाडौँ

मोनाक पटेलले शतकीय पारी खेलेपछि आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ​अमेरिकाबाट चुनौतीपूर्ण २३१ रनको लक्ष्य पाएको छ। 

ओमानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन जोडेको हो।  

अमेरिकी विकेटकिपर पटेलले ११४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गर्दै १०० रन जोडे। 

त्यसबाहेक अमेरिकाका ओपनर स्टिभन टेलले १४ रन जोडे। उनले १७ बलको सामना गर्दै १ चौका प्रहार गरे। अर्का ओपनर सुशान्त मोदानीले २८ बलमा १ चौका मद्दतमा १६ रन जोडे। त्यसबाहेक अमेरिकाका नोसथुस केन्जिंगे र सन्जय कृष्णमुर्तिले समान १३-१३ रन जोडेका थिए। 

नेपालका सन्दीप लामिछानेले १० ओभरमा २ ओभर मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए। सुशन भारीले पनि १० ओभमा ३१ रन दिएर २ तथा विक्रम सोबले समेत २ विकेट लिए। यस्तै कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ विकेट लिए।

करण केसी र सोमपाल कामीले कुनै विकेट लिन सकेनन्। 

आजको खेलमा नेपालका लागि करण केसी निकै महंगा सावित भए। ५ ओभर बलिङ गरेका करणले ४१ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्। ९ ओभर बलिङ गरेका सोमपालले ४४ रन खर्चे। 
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .