खेल


नेपालविरुद्ध अमेरिकाका मोनाक पटेलको शतक

नेपालविरुद्ध अमेरिकाका मोनाक पटेलको शतक

नेपालखबर
भदौ २८, २०७८ सोमबार १९:२०, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको जारी पहिलो खेलमा नेपालविरुद्ध ​अमेरिका मोनाक पटेलले शतक प्रहार गरेका छन्। 

विकेटकिपर पटेलले ११३ बलमा ९ चौका र १ छक्काको मद्दतमा १०० रन पूरा गरेका हुन्। शतक पूरा गरेको अर्को बलमा विक्रब सोबले उनलाई कुशल भुर्तेको हातबाट क्याच गराउँदै पवेलिएन फर्काएका थिए। 

उनको शतकसँगै अमेरिकाले ४६ ओभरको खेल सकिदा ७ विकेट गुमाएर २०१ रन बनाएको छ। 

अमेरिकाका ओपनर स्टिभन टेलले १४ रन जोडे। उनले १७ बलको सामना गर्दै १ चौका प्रहार गरे। 

यस्तै अर्का ओपनर सुशान्त मोदानीले २८ बलमा १ चौका मद्दतमा १६ रन जोडे। त्यसबाहेक अमेरिकाका नोसथुस केन्जिंगे र सन्जय कृष्णमुर्तिले समान १३-१३ रन जोडे। 

नेपालका सुशन भारीले १० ओभमा ३१ रन दिएर २ विकेट लिए। यस्तै कुशल मल्लले १० ओभरमा ४५ रन खर्चेर १ रन लिए।

 त्यसअघि नेपालले अमेरिकासँग टस हारेर बलिङ रोजेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad