खेल


नेपालले झार्‍यो अमेरिकाको तेस्रो विकेट, कुशल मल्लले तोडे साझेदारी

नेपालले झार्‍यो अमेरिकाको तेस्रो विकेट, कुशल मल्लले तोडे साझेदारी

नेपालखबर
भदौ २८, २०७८ सोमबार १८:५, काठमाडौँ

नेपालले अमेरिकाको तेस्रो विकेट झारेको छ। कुशल मल्लले नेपाललाई तेस्रो सफलता दिलाएका हुन। 

मल्लले निसर्ग पटेललाई बोल्ड पार्दै तेस्रो विकेटका लागि उनी र मोनिक पटेलबीच चलेको ४९ रनको साझेदारी तोडेका हुन।

निसर्गले ३९ बलको सामना गर्दै २१ रन बनाए। २६ ओभरको खेल सकिदा अमेरिकाले ३ विकेट गुमाएर ११३ रन जोडेको छ।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको जारी पहिलो खेलमा नेपाल अमेरिकासँग टस हारेर बलिङ गरिरहेको छ।

कुशलसँगै नेपालका विक्रम सोब र सन्दीप लामिछानेले १-१ विकेट लिएका छन।

विक्रमले अमेरिकाका ओपनर स्टेभिन टेलरलाई १४ रनमा खेलिरहँदा कुशल भुर्तेलको हातबाट क्याच गराएका थिए। १७ बल खेलेका टेलरले १ चौका प्रहार गरे। 

यस्तै सन्दीप लामिछानेले अर्का ओपनर सुशान्त मोदानीलाई बोल्ड पार्दै अमेरिकाको दोस्रो विकेट झारेका थिए। मोदानीले २८ बलमा १ चौकासहित १६ रन बनाए। 

त्रिकोणात्मक सिरिजअन्तर्गत नै सन् २०२० फेब्रुअरीमा भएको भेटमा नेपालले अमेरिकालाई ओडीआई इतिहासकै सर्वाधिक कम ३५ रनमा अल आउट गरेको थियो। 

अमेरिका त्यो हारको बदला दिने दाउमा हुँदा नेपाली टोली त्यही लयलाई निरन्तरता दिन चाहन्छ। 

हेड टु हेड नेपाल र अमेरिकाबीच हालसम्म दुई ओडीआई खेलमा भेट भएको छ। दुवै खेल नेपालले आफ्ना पक्षमा पारेको छ। 

नेपालको घरेलु मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad