आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको जारी पहिलो खेलमा नेपालले अमेरिकाको दुई विकेट झारेको छ।
खेलको १७ ओभर सकिदा टस जितेर ब्याटिङ रोजेको अमेरिकाले ७५ रन बनाएर २ विकेट गुमाएको हो।
नेपालका विक्रम सोब र सन्दीप लामिछानेले १-१ विकेट लिएका छन।
विक्रमले अमेरिकाका ओपनर स्टेभिन टेलरलाई १४ रनमा खेलिरहँदा कुशल भुर्तेलको हातबाट क्याच गराएका थिए। १७ बल खेलेका टेलरले १ चौका प्रहार गरे।
यस्तै सन्दीप लामिछानेले अर्का ओपनर सुशान्त मोदानीलाई बोल्ड पार्दै अमेरिकाको दोस्रो विकेट झारेका थिए। मोदानीले २८ बलमा १ चौकासहित १६ रन बनाए।
त्रिकोणात्मक सिरिजअन्तर्गत नै सन् २०२० फेब्रुअरीमा भएको भेटमा नेपालले अमेरिकालाई ओडीआई इतिहासकै सर्वाधिक कम ३५ रनमा अल आउट गरेको थियो।
अमेरिका त्यो हारको बदला दिने दाउमा हुँदा नेपाली टोली त्यही लयलाई निरन्तरता दिन चाहन्छ।
हेड टु हेड नेपाल र अमेरिकाबीच हालसम्म दुई ओडीआई खेलमा भेट भएको छ।
दुवै खेल नेपालले आफ्ना पक्षमा पारेको छ।
नेपालको घरेलु मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले हराएको थियो।
Shares

प्रतिक्रिया