आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले आज सोमबार अमेरिकासँग खेल्दै छ।
खेल ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा नेपाली समयानुसार अपराह्न सवा ४ बजे हुनेछ।
नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् भने अमेरिकाको नेतृत्व सौरभ नेत्रवालकारले सम्हाल्नेछन्।
नेपाल र अमेरिका दुवैले सिरिजअघि पपुवा न्युगिनी (पीएनजी) सँग खेलेका थिए।
दुवै टोलीले पीएनजीविरुद्ध जित हासिल गरेका थिए।
नेपालले अमेरिकासँग १९ महिनाअघि घरेलु मैदानमा खेलेको थियो।
त्रिकोणात्मक सिरिजअन्तर्गत नै सन् २०२० फेब्रुअरीमा भएको भेटमा नेपालले अमेरिकालाई ओडीआई इतिहासकै सर्वाधिक कम ३५ रनमा अल आउट गरेको थियो।
अमेरिका त्यो हारको बदला दिने दाउमा हुँदा नेपाली टोली त्यही लयलाई निरन्तरता दिन चाहन्छ।
हेड टु हेड नेपाल र अमेरिकाबीच हालसम्म दुई ओडीआई खेलमा भेट भएको छ।
दुवै खेल नेपालले आफ्ना पक्षमा पारेको छ।
नेपालको घरेलु मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई पहिलो खेलमा ३५ रन र दोस्रो खेलमा ८ विकेटले हराएको थियो।
Shares

प्रतिक्रिया