शीर्ष वरीयताका टेनिस स्टार नोभाक जोकोभिचलाई हराउँदै रसियन डानिल मेदभेदेव यूएस ओपन टेनिसको च्याम्पियन बनेका छन्।
न्युयोर्कस्थित आर्थर आसे स्टेडियममा सोमबार बिहान भएको फाइनलमा दोस्रो वरीयताका मेदभेदेवले सविर्यन स्टार जोकोभिचविरुद्ध एकपक्षीय जित हासिल गरेका हुन्।
२५ वर्षीय मेदभेदेवले जोकोभिचलाई ६–४, ६–४ र ६–४ ले हराउँदै पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन्।
३४ वर्षीय जोकोभिचलाई २१औं ग्रान्डस्लाम उपाधि जितेर कीर्तिमान बनाउने अवसर थियो।
हारेपछि मेदभेदेवलाई बधाई दिँदै उनले भने, यहाँ जो छ ग्रान्डस्लामको उपाधिको हकदार नै छ, उसले आगामी दिनमा अझै उपाधि जित्नेमा म आशावादी छु।
42
Shares

प्रतिक्रिया