खेल


बार्सिलोना फर्कने संकेत दिदै नेमारले भने, ‘घर फर्कन चाहन्छु’

बार्सिलोना फर्कने संकेत दिदै नेमारले भने, ‘घर फर्कन चाहन्छु’

एजेन्सी
असार ५, २०७६ बिहिबार ७:१३,

ब्राजिली स्टार नेमारले वर्तमान क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) छाड्ने संकेत दिएका छन्। नेमारले आफ्नो घर (बार्सिलोना) फर्कने रुचि देखाउँदै पीएसजी छाड्ने संकेत दिएका हुन्।

२०१७ मा नेमार बार्सिलोनाबाट नै विश्व कीर्तिमान मुल्य २२२ मिलियन यूरोमा पीएसजी आएका थिए। तर, नेमारले यसै हप्ता क्लबलाई आफू बार्सिलोना फर्कन चाहेको बताएको स्पेनिस अखबारहरुले जनाएका छन्।

नेमारले पीएसजीका मालिक नासिर अफ खालिफीलाई अब आफू पीएसजीबाट खेल्न नसक्ने र आफ्नो पूरानै घर(बार्सिलोना) फर्कन चाहेको बताइसकेका छन्।

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पनि पीएजसीबाट ५८ खेल खेल्दै ५१ गोल गरेका नेमारलाई पुनः क्लबमा हेर्न चाहेको प्रतिक्रिया दिएका छन्।
सोहीकारण बार्सिलोनाले एट्लेटिको मड्रिडका एन्टोनियो ग्रिजम्यानको प्रस्तावलाई पनि थाती राखेको छ।

बार्सिलोनाले ग्रिजम्यानलाई अनुबन्ध गर्ने तयारी गरेपनि नेमारको चाहना बार्सिलोना आउने भएपछि ग्रिजम्यानलाई पीएसजी पठाउँदै त्यहाँबाट नेमार ल्याउने तयारी थालेको छ।

पछिल्लो समय नेमार र पीएसजीबीच राम्रो सम्बन्ध नरहेको क्लबका अध्यक्ष खालिफीले एक अन्तर्वार्ताका क्रममा जनाएका थिए।

उनले भनाई थियो, ‘नेमारलाई कसैले पनि यहाँ आउँन बल गरेको होइन्। उनी सबैकुरा थाहा पाएर यहाँ आएका हुन्। खेलाडीहरुले क्लब र जर्सीको सम्मानका लागि सबैथोक दिन सक्नुपर्छ तर जुन खेलाडीले दिन सक्दैनन्। प्रत्येकसँग क्लबले कुरा गर्नेछ।’

२०१८–१९ को सिजनको अधिकांश समय चोटका कारण मैदान बाहिर रहेका नेमारले लिगमा १७ खेल खेल्दै १५ गोल गरेका थिए। पीएसजीसँग नेमारको सम्झौता २०२२ सम्म थियो तर बार्सिलोनाको रुचिसँगै यो सम्झौता चाडैँ टुंग्गिने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad