ad ad

खेल


बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

नेपालखबर
भदौ २७, २०७८ आइतबार १८:५६, काठमाडौँ

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय महिला फुटबल टोलीले गोलरहित बराबरी खेलेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ सम्पन्न खेलमा पटक पटकका मौका सदुपयोग गर्न नसक्दा दुवै टोली गोलरहित बराबरीमा रोकिए। 

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल २–१ ले विजयी भएको थियो। 

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२  छनोटको तयारी स्वरुप नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो। 

एएफसी महिला एसिया कप २०२२ को छनोट खेलमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपाल सम्मिलित समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। 

नेपालले पहिलो खेल १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ सेप्टेम्बर मा हङकङसँग उज्वेकिस्तानमा खेल्नेछ। यता, जी समूहमा रहेको बंगलादेशले इरान र जोर्डनको सामना गर्नेछ ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .