नेपाल, ओमान र अमेरिकाबीच ओमानमा हुने क्रिकेट शृंखलाको प्रत्यक्ष प्रसारण डिशहोमले गर्ने भएको छ।
आज डिश मिडिया नेटवर्क र नेपाल क्रिकेट संघ (क्यान)बीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
भोलिदेखि ट्राई नेसन्स सिरिजका छवटा खेल हुँदै छन्।
डिश मिडिया नेटवर्कका प्रबन्धनिर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको क्यानले जनाएको छ।
खेल असोज ४ समम हुनेछन्।
सम्झौताअनुसार ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्पोर्ट्स एचडी र डिशहोम गो ओटीटीमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ।
18
Shares

प्रतिक्रिया