बंगलादेशविरुद्ध नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज अन्तिम मैत्रीपूर्ण खेल खेल्दै छ।
नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले आज दुई खेलाडी परिवर्तन गरेका छन्।
आज सविता राना र मञ्जली योञ्जनको ठाउँमा अनिता बस्नेत र रश्मी घिसिङ मैदानमा उत्रिने भएका हुन्।
त्यसैगरी एन्जिला तुम्बापो, पूजा राना, गीता राना, अमृता जैसी, हिरा कुमारी भुजेल, सरु लिम्बू, प्रिती राई, रेनुका नगरकोटे र विमला चौधरी पनि पहिलो रोजाइमा परेका छन्।
यसअघि गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई १ का विरुद्ध २ गोलले पराजित गरेको थियो।

9
Shares

प्रतिक्रिया