खेल


तीन खेल गुमाएपछि आर्सनलको पहिलो जित, सिटीले लेस्टरलाई हरायो

तीन खेल गुमाएपछि आर्सनलको पहिलो जित, सिटीले लेस्टरलाई हरायो

नेपालखबर
भदौ २६, २०७८ शनिबार २२:१२, काठमाडौँ

इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत जारी सिजनमा आर्सनलले पहिलो जित दर्ता गरेको छ।

यसअघि लगातार तीन खेलमा पराजित भएको आर्सनलले शनिबार रातिको खेलमा नर्विच सिटीलाई १-० गोलले हराएको हो। 

घरेलु मैदानमा एमिरेट्समा आर्सनललाई जितान पिएरे एम्रिक औबामियाङले खेलको ६६ औँ मिनेटमा निर्णायक गोल गरेका थिए। 

यो जितपछि आर्सनलले ४ खेलमा ३ अंक जोड्न सफल भएको छ। उता नर्विचले जारी सिजनमा लगातार चौथो हार भोगेको छ।

शनिबार राति नै भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १-० ले हराएको छ। 

सिटीलाई जिताउन खेलको ६२ औँ मिनेटमा बेनार्डो सिल्भाले निर्णायक गोल गरे। प्रतिस्पर्धात्मक खेलमा जितपछि सिटी चार खेलबाट ९ अंकसहित लिगको दोस्रो स्थानमा पुगेको छ। 

पराजित लेस्टर भने ४ खेलबाट ६ अंकसहित लिगको नवौँ स्थानमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad