पीएनजीलाई नेपालले २३४ रनको लक्ष्य दिएको छ।
ओमानमा जारी दोस्रो ओडिआईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सवै विकेट गुमाएर २३३ रन बनाएको हो।
नेपालका लागि रोहित पौडेले सर्वाधिक ८६ रन बनाए। उनले १२३ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरे।
यस्तै करण केसीले बिस्फोटक ब्याटिङ गर्दै २६ बलको सामना गर्दै ४२ रन जोडे। सोक्रममा उनले ४ छक्का र २ छक्का प्रहार गरे।
कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा ४५ रन जोडेका थिए।
त्यसबाहेक विनोद भण्डारीले १७, सोमपाल कामीले ११, कुशल भुर्तेल ३, आफिस सेख ३, कुशल मल्ल १ र विक्रम सोब १ रन बनाए।
ओमानसँग दुई खेलको शृंखला खेल्न लागेको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।
अर्काे साता साेमबारदेखि ओमान र अमेरिकासँगकाे त्रिकाेणात्मक सिरिज खेल्नेछ। सोही त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको हो।
Shares

प्रतिक्रिया