खेल


ओडिआईमा रोहितले बनाए सर्वाधिक व्यक्तिगत रन

ओडिआईमा रोहितले बनाए सर्वाधिक व्यक्तिगत रन

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १८:४९, काठमाडौँ

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट(ओडिआई)मा नेपाली मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेलले सर्वाधिक व्यक्तिगत स्कोर गरेका छन्। 

पपूवा न्यूगिनीविरुद्धको जारी ओडिआई खेलमा रोहितले ५६ रन बनाएसँगै सो उपलब्धि हासिल गरेका हुन। 

रोहितले ९४ बलमा १ चौका र २ छक्काको मद्दतमा ५६ रन पूरा गरेका छन।

यसअघि २०१९ जनवरीमा भएको यूएईविरुद्धको ओडिआई खेलमा रोहितले व्यक्तिगत ५५ रन बनाएका थिए। त्यसबेला उनले ५८ बलमा ७ चौकाको मद्दतमा ५५ रन बनाएका थिए।

नेपालले ३९ ओभरको खेल सकिदा ५ विकेट गुमाएर १५६ रन बनाएको छ।

ओमानसँग दुई खेलको शृंखला खेल्न लागेको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।

अर्काे साता साेमबारदेखि ओमान र अमेरिकासँगकाे त्रिकाेणात्मक सिरिज खेल्नेछ। सोही त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad