नेपाली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले कीर्तिमानी साझेदारी गरेका छन्।
पपुवा न्यूगिनीसँगको जारी खेलमा तेस्रो विकेटका लागि उनीहरुले ८९ रनको कीर्तिमानी साझेदारी गरेका थिए।
मल्ल ७० बलमा ३ चौका र २ छक्का सहित ४५ रनमा आउट भएसँगै यो साझेदारी टुटेको थियो।
यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीहरुबीच भएको सबैभन्दा ठूलो साझेदारी हो।
यसअघि गतवर्ष छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले अमेरिकाविरुद्ध ८४ रनको गरेका थिए।
ओमानको अल अमिरात क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा नेपालले ३ खेलाडी परिवर्तन गरेको छ।
ओमानसँग दुई खेलको शृंखला खेल्न आएको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।
अघिल्लो खेलमा टिममा रहेका शरद भेषवाकर, आरिफ शेख र पवन सर्राफलाई विश्राम दिँदै विनोद भण्डारी, सुसन भारी र करण केसीलाई नेपालले मैदान उतारेको छ।
Shares

प्रतिक्रिया