ad ad

खेल


अर्धशतक बनाउन चुके कप्तान मल्ल

अर्धशतक बनाउन चुके कप्तान मल्ल

नेपालखबर
भदौ २५, २०७८ शुक्रबार १७:५३, काठमाडौँ

नेपाली कप्तान ज्ञानेन्द्र मल्ल नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा अर्धशतक बनाउँन चुकेका छन।

७० बल खेलेका ज्ञानेन्द्रले ३ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाए। 

तेस्रो विकेटका लागि रोहित पौडेलसँग उनले ८९ रनको साझेदारी गरेका थिए। 

ज्ञानेन्द्र आउट भएसँगै उनको स्थानमा सोमपाल कामी मैदान प्रवेश गरेका छन। 

नेपालले २५ ओभरको खेल सकिदा १०० रन बनाएर ३ विकेट गुमाएको छ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा सुरु हुन लागेको खेलमा नेपालले ३ खेलाडी परिवर्तन गरेको छ।

ओमानसँग दुई खेलको शृंखला खेल्न आएको नेपालले पहिलो खेल २ विकेटको जितेको थियो।

अघिल्लो खेलमा टिममा रहेका शरद भेषवाकर, आरिफ शेख र पवन सर्राफलाई विश्राम दिँदै विनोद भण्डारी, सुसन भारी र करण केसीलाई नेपालले मैदान उतारेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .