विश्वकप फुटबल छनोट खेल अन्तर्गत दक्षिण अमेरिकी समूहमा ब्राजिलले लगातार आठौं जित दर्ता गरेको छ।
शुक्रबार बिहान भएको खेलमा पेरुलाई २–० गोल अन्तरले हराउँदै ब्राजिलले जितलाई आठौं खेलसम्म निरन्तरता दिएको हो।
ब्राजिललाई जिताउने क्रममा एभरटन रिबेरो र नेयमारले व्यक्तिगत एक–एक गोल गर्न सफल भए।
ब्राजिलका लागि खेलको १५ औं मिनेटमा नेयमारको पासमा एभरटनले गोल गरेर अग्रता दिलाए।
त्यसपछि खेलको ४० औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २–० ले अगाडि बढाए। त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्।
यो जितपछि ब्राजिलले ८ खेलबाट २४ अंक जोडेको छ । दक्षिण अमेरिकी समूहमा ब्राजिल शीर्ष स्थानमा रहेको छ।
दोस्रो स्थानमा अर्जेन्टिना छ। पराजितपेरु ९ खेलबाट ८ अंक जोडेर सातौं स्थानमा छ। शुक्रबार नै भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले हराएको छ।
Shares

प्रतिक्रिया