ad ad

खेल


बंगलादेशविरुद्धको पहिलो खेलमा नेपाल विजयी

बंगलादेशविरुद्धको पहिलो खेलमा नेपाल विजयी

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १८:५४, काठमाडौँ

पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालको लागि दुवै गोल डेब्यु खेलाडी सविता राना मगर र प्रीति राईले गरे । बंगलादेशका लागि तोहुरा खातुनले सान्त्वना गोल गरिन् । 

खेलको १४ मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन् । सविताले  राइट विंगर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउँदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् । 

खेलको २४ मिनेटमा १६ वर्षकी खेलाडी प्रीति राईले डेब्यु गोल गरेकी हुन् । प्रीतिले  मिडफिल्डर सरु लिम्बूको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् । उनको गोलसँगै नेपाल पहिलो हाफमा २-० को अग्रता बनायो । 

बंगालदेशकी तोहुरा खातुनले सान्त्वना गोल गरिन । खातुनले ८१ मिनेटमा  गरेको प्रहार नेपाली डिफेन्डर अमृता जैसीलाई छुँदै गोल भएको थियो । 

नेपाल र बंगलादेश दुवैले एएफसी महिला एसिया कप छनोटको तयारी स्वरूप दुई मैत्रीपूर्ण खेल खेलेका हुन् । दोस्रो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .