ad ad

खेल


बंगलादेशविरुद्ध नेपालः यस्तो छ सुरुवाती ११, सविता र प्रितीकाे डेब्यु

बंगलादेशविरुद्ध नेपालः यस्तो छ सुरुवाती ११, सविता र प्रितीकाे डेब्यु

नेपालखबर
भदौ २४, २०७८ बिहिबार १६:५३, काठमाडौँ

बंगलादेशविरुद्ध आज नेपालले मैत्रीपूर्ण महिला फुटबल खेल्दै छ। 

दशरथ रंगशालामा साढे ५ बजे सुरु हुने खेलका लागि नेपालले सुरुवाती ११ टोली सार्वजनिक गरेको छ। 

आज सावित्रा भण्डारी साम्बाको ठाउँमा सविता राना र अनिता बस्नेतको ठाउँमा प्रिती राईले मौका पाएका छन्। 

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले सविता र प्रिती दुवैलाई आज डेब्यु गराउन लागेका हुन्। 

यसबाहेक बिमला चाैधरी, मञ्जली तामाङ योञ्जन, सरु लिम्बू, रेनुका नगरकोटे, अमृता जैसी, पूजा राना, गीता राना, हिरा कुमारी भुजेल र एन्जिला तुम्बापो सुब्बा पनि सुरुवाती ११ मा परेका छन्।

यी दुई टोली पहिलो मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।

नेपाल र बगंलादेशबीच सन् २०१० पछि हालसम्म ६ पटक मात्र भेट भएको छ। त्यसमा ५ खेल नेपालले जितेको थियो भने एउटा खेल बराबरीमा टुंगिएको थियो। बगंलादेशविरुद्ध १२ गोल गरेको नेपालले १ गोल खाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .