ad ad

खेल


नेपाल–बंगलादेश मैत्रीपूर्ण फुटबलः नेपाली टोलीलाई साम्बा नहुँदाको चिन्ता, विपक्षी टोली खुसी

नेपाल–बंगलादेश मैत्रीपूर्ण फुटबलः नेपाली टोलीलाई साम्बा नहुँदाको चिन्ता, विपक्षी टोली खुसी

नेपालखबर
भदौ २३, २०७८ बुधबार १२:५०, काठमाडौँ

भोलि बिहीबार बंगलादेश र नेपालबीच मैत्रीपूर्ण फुटबल हुँदै छ। 

दशरथ रंगशालामा दुई टोली भेट हुनुअघि आज भएको प्रिम्याच कन्फरेन्समा दुवै टोलीले तयारी राम्रो गरेको बताएका छन्। 

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशसँगको मैत्रीपूर्ण खेल राम्रो अवसर भएको बताए। 

यसका लागि नेपालले राम्रो तयारी गरेको उनले बताए। 

उनले भने, ‘हामीले राम्रो तयारी गरेका छौँ, सावित्रा टोलीमा नहुँदा त्यसको प्रभाव टोलीमा देखिनेछ। उनी नहुनु हाम्रा लागि ठूलो क्षति हो।’

तर नयाँ खेलाडीले मौका पाउने उनले बताए। भरपर्दो स्ट्राइकर सावित्रालाई टोलीले ‘मिस’ गरिरहेको उनले बताए। 

उनले आफ्ना २३ खेलाडी बलियो रहेको बताउँदै उनीहरुले मानसिक रुपमा केही दबाब महशुस गरे पनि सात नयाँ खेलाडीले मौका पाएकोमा खुसी व्यक्त गरे। 

प्रशिक्षक फिलिप्सले सरु लिम्बूप्रति धेरै आशा गरेको बताए। उनले मिडफिल्ड खेले पनि फरवार्डमा पनि ट्राई गरेको बताए।

उनले राम्रो गर्नेमा प्रशिक्षक फिलिप्स निकै आशावादी देखिएका छन्। त्यस्तै गिता रानाले पनि प्रशिक्षणमा राम्रो गरेको उनले बताए। 

यता बंगलादेशी टोलीका प्रशिक्षक गोलम रोबानी चोटनले आफ्नो टोलीको तयारी राम्रो रहेको बताए। उनले मैत्रीपूर्ण खेलका लागि बोलाएकोमा एन्फालाई धन्यवाद दिए।

साम्बा टोलीमा नहुँदा राहत महशुस गरेको उनले बताए। बंगलादेशी टोलीमा युवा खेलाडी रहेको बताउँदै उनले उनीहरुले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए। 
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .