राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुलको स्पोर्ट्स एम्बासडर बनेका छन्।
प्रिमियर स्कुलले आज मंगलबार एक कार्यक्रमका बीच किरणलाई एम्बासडर नियुक्त गरेको हो।
स्कुल र किरणले तीन वर्षको सम्झौता भएको छ। किरणलाई प्रिमियर स्कुलका वसन्त थापाले सम्झौता पत्र प्रदान गरे।
किरणले विद्यालयका विद्यार्थीसँग आफ्नो अनुभव र खेल कौशल साटासाट गर्नेछन्।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूहरूको लक्ष्य युवा फुटबल विकास रहेकाले स्कुल फुटबललाई प्रोत्साहन गर्न आफू सकारात्मक रहेको बताए।
किरण अब साफ च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय टोलीसँग शुक्रबार कतार प्रस्थान गर्नेछन्।
राष्ट्रिय टोलीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिप अघि कतारमा बन्द प्रशिक्षण गर्दै छ। प्रतियोगिता राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा अक्टोबर १ देखि १६ सम्म हुनेछ ।
Shares

प्रतिक्रिया