खेल


नेपाली बलरसामु टिक्नै सकेन पपुवा न्युगिनी, १३४ रनमै अलआउट

नेपाली बलरसामु टिक्नै सकेन पपुवा न्युगिनी, १३४ रनमै अलआउट

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०७८ मंगलबार १३:३६, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजअघिको पहिलो अभ्यास खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १३४ रनमा अलआउट गरेको छ। 

ओमानस्थित अल अमरात क्रिकेट स्टेडियममा पीएनजीले टस जितेर ब्याटिङ रोजेपछि फिल्डिङ गरेको नेपालले ओमानलाई ३३ ओभरमा १३४ रनमा नै अलआउट गरेको हो। 

नेपालका लागि स्पिनर सन्दीप लामिछाने एक्लैले ४ विकेट लिएका छन्। सन्दीपले आफ्नो स्पेलमा ३५ रन खर्चेर ४ विकेट झारे।​

पीएनजीसँगको खेलबाट एक दिवसीय अन्तर्राष्ट्रिय  क्रिकेटमा डेब्यु गरेका विक्रमले २ विकेट लिए। ५ ओभरमा १ मेडन राख्दै २० रन खर्चेका विक्रमले २ विकेट लिए।  

विक्रमले पहिलो विकेटका रुपमा पीएनजीका ओपनर टोनी उरालाई पवेलियनको बाटो देखाए। पहिलो ओभर मेडन राखेका विक्रमले दोस्रो ओभरको पहिलो बलमै ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गरे। 

यो सफलता हासिल गर्ने विक्रम पहिलो नेपाली खेलाडी हुन्। विश्व क्रिकेटमा भने यसअघि २७ खेलाडीले यो उपलब्धि हासिल गरेका छन्।

दोस्रो विकेटको रुपमा उनले तेस्रो ओभरको चौथो बलमा पीएनजीका कप्तान असाद भालालाई आउट गरे। ४ रन बनाएका कप्तान भालालाई उनले आरिफ शेखको हातबाट क्याच आउट गराए।

७ ओभर बलिङ गरेका कुशलले १ मेडन राख्दै १९ रन दिएर २ विकेट झारे। 

६ ओभर बलिङ गरेका सोमपाल कामीले ३० रन खर्चेर १ विकेट लिए। 

समान २ ओभर बलिङ गरेका आरिफ शेख र पवन सर्राफले कुनै विकेट लिन सकेका छैनन्। 

लेगा सियाकाले जोडेको ३० रन नै पीएनजीका लागि सर्वाधिक रह्यो। चाल्र्स अमिनीले २३, गौडी टोकले २२ रन जोडे। किव्लिन डोरिगाल १५ तथा सेस बाउले १४ रन थपे। 

जेसन किला सन्दीप लामिछानेले एलबी डब्लु धरापमा पारे। डेमियन रावु सोमपाल कामीको बलमा गोल्डेन डक आउट भए। 

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजअघि नेपालले पिएनजीसँग दुई एक दिवसीय खेल खेल्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad