खेल


डेब्यु खेलमै विक्रमको शानदार प्रदर्शन

डेब्यु खेलमै विक्रमको शानदार प्रदर्शन

नेपालखबर
भदौ २२, २०७८ मंगलबार १३:३८, काठमाडौँ

पपुवा न्युगिनीसँगको मैत्रीपूर्ण खेलबाट एक दिवसीय क्रिकेटमा ‘डेब्यु’ गरेका विक्रम सोबले करिअरको शानदार प्रदर्शन गरेका छन्। 

डेब्यु खेलमा नै २ विकेट लिएका तीव्र गतिका बलर विक्रमले करिअरको उत्कृष्ट सुरुवात हुन्। 

विक्रमले पहिलो विकेटका रुपमा पीएनजीका ओपनर टोनी उरालाई पवेलियनको बाटो देखाए। 

पहिलो ओभर मेडन राखेका विक्रमले दोस्रो ओभरको पहिलो बलमै ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गरे। 

यो सफलता हासिल गर्ने विक्रम पहिलो नेपाली खेलाडी हुन्। विश्व क्रिकेटमा भने यसअघि २७ खेलाडीले यो उपलब्धि हासिल गरेका छन्।

दोस्रो विकेटको रुपमा उनले तेस्रो ओभरको चौथो बलमा पीएनजीका कप्तान असाद भालालाई आउट गरे। ४ रन बनाएका कप्तान भालालाई उनले आरिफ शेखको हातबाट क्याच आउट गराए। 

यसअघि नेपाली टोलीमा परेर पनि डेब्यु गर्न नपाएका विक्रमले ४ वर्षपछि टोलीमा पुनरागमन गरेका हुन्। 

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनशिप २०१५–१७ अन्तर्गत २०१६ मा नेदल््यान्ड्स भ्रमण टोलीमा थिए। सन् २०१७ मा यूएई भ्रमणमा गएका विक्रमले खेल्ने मौका भने पाएका थिएनन्। 

गत माघमा भएको प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबलाई उपाधि दिलाउन विक्रमले उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad