ad ad

खेल


पपुना न्युगिनीविरुद्ध नेपालको राम्रो प्रदर्शन

पपुना न्युगिनीविरुद्ध नेपालको राम्रो प्रदर्शन

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०७८ मंगलबार १३:१९, काठमाडौँ

पपुना न्युगिनीसँगको एक दिवसीय खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ। 

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजअघि नेपालले पीएनजीसँग अभ्यास खेल खेलिरहेको छ। 

ओमानस्थित अल अमराट क्रिकेट स्टेडियममा सुरु पहिलो एकदिवसीय खेलमा पीएनजीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ।

पीएनजीले २७ ओभरमा ७ विकेटको क्षतिमा १ सय १० रन बनाएर खेलिरहेको छ। 

नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिएका छन्। ८ ओभर बलिङ गरेका सन्दीपले ३३ रन खर्चेर ३ विकेट झारे। 

कुशल मल्ल र विक्रम शोबले समान २ विकेट लिएका छन्। 

पीएनजीसँगको खेलबाट एक दिवसीय अन्तर्राष्ट्रिय  क्रिकेटमा डेब्यु गरेका विक्रमले २ विकेट लिए। ५ ओभरमा १ मेडन राख्दै २० रन खर्चेका विक्रमले २ विकेट लिएका हुन्। 

७ ओभर बलिङ गरेका कुशलले १ मेडन राख्दै १९ रन दिएर २ विकेट लिए। सोमपाल कामी, आरिफ शेख र पवन सर्राफले कुनै विकेट लिन सकेका छैनन्। 

लेगा सियाकाले जोडेको ३० रन नै पीएनजीका लागि सर्वाधिक रह्यो। चाल्र्स अमिनीले २३, किव्लिन डोरिगा र गौडी टोकले समान १५ रन बनाए। सेस बाउले १४ रन थपे। 

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजअघि नेपालले पीएनजीसँग दुई एक दिवसीय खेल खेल्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .