अफगानिस्तानका दुई खेलाडी पारालिम्पिक खेलमा भाग लिन जापानको टोक्यो पुगेका छन्।
अन्तर्राष्ट्रिय पारालिम्पिक समितिले वक्तव्य जारी गर्दै गत हप्ता काबुलबाट पेरिस लगिएका ती दुई खेलाडी फ्रान्सिसी खेल मन्त्रालयको ट्रेनिङ सेन्टरमा खेलको तयारीपछि टोक्यो पुगेको जानकारी दिएको हो।
यीमध्ये एक जना खेलाडी जाकिया खुदादादी हुन्। उनी अफगानिस्तानका पहिलो पारालिम्पियन पनि हुन्। जाकियाले तेक्वान्दो खेलमा भाग लिनेछन्।
अर्का खेलाडीको नाम हुसैन रसुली हुन्। उनी एथलेटिक्स खेलमा भाग लिन टोक्यो पुगेका हुन्।
72
Shares
प्रतिक्रिया