ad ad

खेल


१७ वर्षपछि पारसबिना पहिलो अन्तर्राष्ट्रिय सिरिज खेल्दै नेपाली टोली, के भन्छन् खेलाडी? (भिडिओ)

१७ वर्षपछि पारसबिना पहिलो अन्तर्राष्ट्रिय सिरिज खेल्दै नेपाली टोली, के भन्छन् खेलाडी? (भिडिओ)

लक्ष्मी जि.सी
भदौ ६, २०७८ आइतबार १९:२५, काठमाडौँ

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले सन्यास लिएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज खेल्दैछ। 

साउन १९ गते सन्यास लिएका पारसले करिब एक दशक राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए। सन् २००४ मा मलेसियाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका पारसले २००८ देखि २०१९ सम्म नेपाली टोलीको नेतृत्व सम्हालेका थिए। 
सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका उनले गत साउन १९ गते पूर्णविराम लगाउँदै व्यवस्थापकमा जाने निर्णय गरेका छन्। 

१७ वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टोली पारसबिना मैदान उत्रने तयारीमा छ। पारसको सन्यासपछि पनि युवा टोलीको साथमा राम्रो खेल पस्कनेमा विश्वस्त छ। 

पारससँगै जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय टोलीसम्म र विभागीय टोली एपीएफमा पनि सँगै खेलेका कप्तान ज्ञानेन्द्र मल्लले उनको अनुपस्थितिले टोलीमा फरक पर्ने बताए। 

‘पारसको उपस्थितिले नेपाली टोलीको लागि मात्रै हैन प्रतिस्पर्धी टोलीको लागि पनि धेरै फरक पार्छ’, कप्तान मल्ल भन्छन्, ‘पारसको अनुपस्थितिले जिम्मेवारी थपिएको महसुस गरेको छु। उनको योगदानको कोहीसँग तुलना गर्न सकिँदैन।’

तर अब पारसको ठाउँ लिनका लागि युवा पुस्तालाई अवसर भएको शरद भेषावकरले बताए। 

‘पारसको उपस्थिती महत्वपुर्ण थियो। पारसले मैदानमा जसरी खेलाडीलाई लिड र मोटिभेट गर्थे त्यो सधैँ सम्झन्छौं’, उनले भने। 

पारसबिना पहिलो पटक खेल्न लागेका राष्ट्रिय टिमका खेलाडीहरु यसो भन्छन्ः

(भिडिओः विक्रम राई)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .