खेल


रुविनाको दोस्रो अर्धशतकसँगै काठमाडौं प्लेअफमा

रुविनाको दोस्रो अर्धशतकसँगै काठमाडौं प्लेअफमा

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ७:५०,

रुविना क्षेत्रीले वुमन्स च्याम्पियन्स लिग(डब्लुसिएल)मा दोस्रो अर्धशतक प्रहार गरेपछि क्वाट क्वीन्स काठमाडौं प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ।

यसअघि पोखरा पल्टनविरुद्ध अर्धशतक प्रहार गर्दै प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी बनेकी रुविनाले आइतबार पनि अर्धशतक प्रहार गरेपछि काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफमा स्थान बनाएको हो।

रुविनाले नटआउट ५९ रन प्रहार गरेपछि ललितपुरले दिएको एक सय ६ रनको लक्ष्य काठमाडौंले १६ बल बाँकी रहँदै २ विकेट गुमाएर भेट्टाएको थियो। ५२ बल खेलेकी रुविनाले ९ चौका र एक छक्का प्रहार गरिन।

त्यस्तै रोमा थापाले १८, रोशनी चौलागाईले ९ र अप्सरी बेगमले नटआउट ७ रनको पारी खेलिन। ललितपुरकी सम्झना खड्का र अलिसा केसीले १–१ विकेट लिइन।

त्यसअघि टस जितेर ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो। उसकी रोशनी बोहराले २९ रन जोडिन। यस्तै कप्तान नेरी थापाले २२ तथा ममता चौधरीले १५ रन जोडिन।

काठमाडौंकी गिता गोसाईले १३, करुणा भण्डारीले ८ र कृति सेनले ६ रन जोडिन। काठमाडौंकी रोसनी विष्टले २ तथा सरस्वती चौधरीले १ विकेट लिइन।

योसँगै काठमाडौंले राउण्ड रोबिनका सबै चार खेल खेलिसकेको छ। काठमाडौं ४ मध्ये ३ खेलमा जित हात पार्दै ६ अंक जोडेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .