कारोबार


रुपन्देहीका युवा मिलेर तीन करोड लागतमा युपीभीसी उद्योग सञ्चालन

रुपन्देहीका युवा मिलेर तीन करोड लागतमा युपीभीसी उद्योग सञ्चालन

प्रकाश न्यौपाने
कात्तिक ३, २०७६ आइतबार ७:४३,

युवाहरुको लगानीमा रुपन्देहीमा युपीभीसी स्टिल उद्योग खुलेको छ। जिल्लाको तिलोत्तमा नगरपालिका–६, नयाँमिलमा छ जना युवाहरुको संयुक्त लगानीमा लुम्बिनी युपीभीसी एण्ड स्टील इण्डष्ट्रिज प्रालि सञ्चालनमा ल्याएका हुन्। करिब तीन करोड लगानी गरिएको उद्योगमा इटालियन प्रविधिमार्फत स्टिलका झ्याल तथा ढोकाहरु बनाइने सञ्चालक तथा प्रबन्धनिर्देशक प्रकाश कँडेलले जानकारी दिए।

युपीभीसीका प्रयोगले घर तथा भवनहरु साउण्डप्रुफ, सफा गर्न झन्झट नहुने, वर्षौसम्म ढुक्क र आकर्षक देखिने, रंगरोगन गर्न नपर्ने, घामपानीमा केही नहुने तथा तातोचिसोले फरक नपर्ने, एसी चलाउँदा समेत विजुली कम खपत हुने, आगो नटिप्ने, किरा–धमिरा नलाग्ने, बाङ्गो टेंगो नहुने उद्योगका अध्यक्ष मधुप्रकाश ज्ञवालीले बताए। उद्योगमा स्टिल झ्याल, ढोका, पार्टेसन तथा स्टीलका रेलिङ बनाइने छ। यी सामाग्रीको ३० वर्षसम्म वारेन्टी दिइने अध्यक्ष ज्ञवालीले जनाए । विदेशबाट काठ लिएर वा नेपाली वनजंगलको काठ लिएर घर बनाउनुभन्दा युपीभीसीको प्रयोग गरी झ्याल, ढोका बनाएमा टिकाउका साथै वातावरणी ह्रास पनि न्यून हुने उनले बताए। नेपाली बजारमा चलेको र विश्वविख्यात ब्राण्ड आफूहरुले यही उत्पादन गर्न सुरु गरेकाले धेरै ग्राहकहरुको रोजाइमा पर्ने अपेक्षा रहेको प्रबन्धनिर्देशक कँडेलले बताए।

शनिबार उद्योग परिसरमा आयोजिक एक कार्यक्रममा उद्योगको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले युवाहरु उत्पादनसँग जोडिनु मुलुक र नगरका लागि गौरवको विषय भएको जनाए। उनले तिलोत्तमामा गरिने हरेक लगानी सुरक्षित भएको बताउँदै लगानी सम्मेलनपछि धेरैको चासो र रोजाईमा नगर पर्न थालेको बताए । सानाठूला सबै किसिमका उद्योगहरुलाई नगरपालिकाले प्रोत्साहन गर्ने जनाउँदै घिमिरेले आवश्यक छुटको समेत व्यवस्था गरिएको जनाए । आल्मुनियम टिकाउ र दीर्घकालीन हुने जनाउँदै उनले काठभन्दा किनै सस्तो र भरपर्दो भएकाले यसको प्रयोग गर्न नगरबासीलाई आग्रह गरे।

उद्योगमा ज्ञवाली, कँडेलसहित युवा व्यवसायी प्रदीप खनाल, जनक भण्डारी, मनोज अर्याल, रेश्मीराज पाण्डेको लगानी गरेका छन् । सस्तो, भरपर्दो र टिकाउ हुने भएकाले सबैले युपीभीसीका उत्पादन प्रयोग गर्न संचालकले आग्रह गरेका छन् । तिलोत्तमा क्षेत्रलगायत समग्र रुपन्देही र बाहिरी जिल्लाका नागरिकलाई सेवा दिने उद्देश्यले उद्योग खोलिएको संचालक अर्यालले बताए । कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्र कँडेल, तिलोत्तमा बाणिज्य संघका अध्यक्ष गुणनीधि भण्डारी, वडा नं. ६ का अध्यक्ष सुखदेव न्यौपाने, वडा नं. ४ का वडाअध्यक्ष दिवाकार ढकाल, अर्थशास्त्री डा.प्रान्सु नेपाल, स्थानीय बासिन्दा, उद्योगी–व्यवसायी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad