खेल


भारतले टोक्यो ओलम्पिकमा जित्यो पहिलो स्वर्ण पदक

भारतले टोक्यो ओलम्पिकमा जित्यो पहिलो स्वर्ण पदक

नेपालखबर
साउन २३, २०७८ शनिबार १८:३०, काठमाडौँ

ज्याभलिन थ्रो प्रतियोगिताबाट भारतले टोक्यो ओलम्पिकमा पहिलो स्वर्ण पदक जितेको छ। भारतीय खेलाडी निरज चोपडाले ८७.५८ मिटर थ्रोसहित भारतको पोल्टामा पहिलो स्वर्ण पदक दिलाउन सफल भए। 

चोपडाको यस जीतसहित भारतले टोक्यो ओलम्पिकमा ७ पदक भएको छ। यो नै एक ओलम्पिक खेलमा भारतले अहिलेसम्म सबैभन्दा धेरै पदक जितेको रेकर्ड हो। 

भारतले एथलेटिक्समा १२१ वर्षपछि स्वर्ण पदक जितेको हो।​ निरजले स्वर्ण जितेको थ्रो प्रतिस्पर्धाको रजत र कास्य दुवै पदक चेक रिपब्लिकका खेलाडीले जितेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad