खेल


अन्तर्राष्ट्रिय क्रिकेटबाट पारस खड्काको सन्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट पारस खड्काको सन्यास

नेपालखबर
साउन १९, २०७८ मंगलबार ७:३४, काठमाडौँ

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका उनले मंगलबारदेखि त्यसलाई पूर्णविराम लगाएका हुन्। 

पारसले एउटा क्रिकेटरका रुपमा मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेको पनि बताएका छन्।

'मेरो जीवनमा मैले देखेको सपना भनेको नै क्रिकेटको उन्नति हो। तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ', उनले भनेका छन्, 'इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउने छौँ।'

पारसको क्रिकेट जीवनबारे विस्तृतमा पढ्नुहोस्: यस्तो रह्यो नेपाली क्रिकेटमा पारसको सानदार पारी

उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटका लागि आफूले देखेको सपना अझै पनि बामे सर्दै गरेको बताएका छन्। 

'मैदान भित्रका यी दुई दशक जीवन रहुन्जेल, मीठो यादका रुपमा मसँग रहनेछन्', उनले भनेका छन्, 'हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौँ भन्ने विश्वास लिएको छु।'

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .