खेल


पेनाल्टीमा गोल गर्न नसक्ने खेलाडीमाथि बेलायतमा रंगभेदी व्यवहार

पेनाल्टीमा गोल गर्न नसक्ने खेलाडीमाथि बेलायतमा रंगभेदी व्यवहार

नेपालखबर
असार २८, २०७८ सोमबार १०:३६,

युरो कपको फाइनल खेलमा पेनाल्टीमा गोल गर्न नसक्ने इंग्ल्याण्डका खेलाडीहरुमाथि बेलायतमा रंगभेदी व्यवहार भएको छ।

पेनाल्टीमा गोल गर्न असमर्थ बुकायो साका, मार्कस राजफोड र जोडन सान्चोमाथि ‘गोरा समर्थक’ हरुले सामाथिक सञ्जालमार्फत् खेल हराएको आरोप लगाउँदै रंगभेदी व्यवहार गरेका हुन्। जबकि, इग्ल्याण्ड यी काला खेलाडीकै मद्दतले युरो कपको फाइनलमा पुगेको हो। बुकायो साका त युरो खेल्ने इतिहासकै सबैभन्दा कान्छा खेलाडी हुन्। 

युरो कप २०२० अन्तर्गत गएराति भएको खेलमा इग्ल्याण्ड इटलीसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजीत हुँदा कालो वर्णका यी खेलाडीहरु गोल गर्नबाट चुकेका थिए। गोरो वर्णका ह्यारी केन र ह्यारी मागुनले भने पेनाल्टीमा गोल गरेका थिए। 

आफ्ना खेलाडीमाथि जातीय विभेदपूर्ण व्यवहार भएसँगै इग्ल्याण्डको फुटबल एसोसियसनले त्यस्ता व्यक्तिहरुमाथि सक्दो कडा कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ भने यस्ता गतिविधि अस्वीकार्य हुने जनाएको छ। तर, सामाजिक सञ्जालहरुमा अहिले पनि कालो वर्णका खेलाडीमाथि घृणापूर्ण अभिव्यक्ति आइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। 

अघिल्लो वर्ष सम्पन्न प्रिमियर लिगको क्रममा पनि सामाजिक सञ्जालमा यस्तै घृणापूर्ण अभिव्यक्ति आएपछि इंल्याण्डको फुटबल एसोसियसनले फेसबुक र ट्विटरलाई खुल्ला पत्र पठाउँदै त्यस्ता पोस्टहरु रोक्न र सकारात्मक पोष्टहरुलाई बढावा दिन आग्रह गरेको थियो। 

युरो कपको दौरानमा पनि उही प्रवृत्ति दोहोरिएपछि एसोसियसनले सरकार र मिडिया कम्पनीहरुसँग रंगभेदी टिप्पणीविरुद्ध थप कदम चाल्न आग्रह गरेको रोयटर्सले जनाएको छ। 

 इग्ल्याण्ड र इटलीबीच गएराति भएको फाइनल खेलको निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि ट्राइबेकरबाट निर्णय लिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad