राजनीति


माधव नेपाललाई सूर्य थापाको जवाफ : मेरो भनाइ १० बुँदे सहमतिअनुरूपै हो

माधव नेपाललाई सूर्य थापाको जवाफ : मेरो भनाइ १० बुँदे सहमतिअनुरूपै हो

नेपालखबर
असार २८, २०७८ सोमबार १०:८,

नेकपा एमालेका वरिष्ठ नेता नेपालले आफ्नो अभिव्यक्तिप्रति आपत्ति जनाएपछि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जवाफ फर्काएका छन्। 

आइतबार राति एमाले कार्यदलले १० बुँदे सहमति जुटाउनासाथ हर्षित हुँदै प्रेस सल्लाहकार थापाले अब सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश नदिने दाबी गर्दै फेसबुकमा स्टाटस लेखेका छन्।  

त्यसप्रति आपत्ति जनाउँदै वरिष्ठ नेता नेपालले सोमबार बिहान फेसबुकमार्फत नै  ‘कार्यदल स्तरमा भएको सहमतिको मर्मविपरीत तथा अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने वा अदालतको मानहानी गर्नेगरी गरिएको वा गरिने व्याख्या’ भनेका हुन्। 

यो पनि : ​एमाले सहमति : प्रधानमन्त्रीका प्रेस सल्लाहकारको व्याख्याप्रति माधव नेपालको आपत्ति 

यसैको जवाफमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले पुनः सोमबार बिहान यस्तो ट्विट गरेका हुन्–

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad