आइतबार बिहान सम्पन्न कोपा अमेरिका फाइनल खेलमा अर्जेन्टिनाले खेल जित्दै उपाधि हात पारेको छ।
बलियो प्रतिस्पर्धी ब्राजिलमाथि १–० को जित निकाल्दै अर्जेन्टिनाले १५ औं कोपा अमेरिका उपाधि हात पारेको हो।
यो खेलपछि कप्तान लियोनल मेस्सीको चर्चा निकै चुलिएको छ। यो जित उनको खेल जीवनकै पहिलो अन्तर्राष्ट्रिय उपाधि हो भने उनी पुरै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। साथै ४ गोल र ५ असिस्ट गरेका उनी नै सर्वाधिक गोलकर्ता बने।
हुन त फुटबल सामूहिक खेल हो। यद्यपी कुनै एक खेलाडीको उत्कृष्ट प्रदर्शनले त्यो टोलीलाई नै अब्बल बनाउन सक्छ। मेस्सी त्यस्तै एक अद्भूत खेलाडी हुन जसले टोलीको प्रदर्शनलाई अझ बलियो बनाउन सक्छन् सोही कारण उनको चर्चा हरेक खेलमा भइरहन्छ।
मेस्सीको सर्वत्र प्रशंसा भइरहँदा आजको खेलमा फरवार्ड पोजिसनका ११ नम्बरे खेलाडी एन्जल डि मारिया र गोल रक्षक एमिलियानो मार्टिनेजको प्रदर्शनलाई नजरअन्दाज गर्न सक्दैनौं।
डि मारियाको २२ औं मिनेटको एक मात्र गोल आज ब्राजिलविरुद्धको फाइनल जित्न काफी भएको थियो। जसका कारण उनलाई आजको खेलको म्यान अफ द म्याच अवार्ड प्रदान गरियो।
उता अर्जेन्टिनालाई यो प्रतियोगिताभर अपराजित रहन मद्दत गर्ने गोलरक्षक एमिलियानो मार्टिनेज कोपा अमेरिका प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक बने।
उनले ब्राजिलविरुद्धको खेलमा पनि दुईवटा ब्राजिलको प्रहारलाई क्लिन सेभ गरेका थिए। ब्राजिलले जम्मा १३ पटक गोल गर्ने प्रयास गर्दा दुईवटा बल पोस्टको दिशामा गएको थियो। तर दुवै प्रयास मार्टिनेजले सेभ गरेका थिए।
यो पनिः २८ वर्षपछि कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, मेस्सीले पाए पहिलो अन्तर्राष्ट्रिय टाइटल
– कोपा अमेरिका जितेसँगै मेस्सी बने उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता
Shares

प्रतिक्रिया