अर्जेन्टिनाले कोपा अमेरिका जितेसँगै यसका कप्तान लियोनल मेस्सी पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि पाउन सफल भएका छन्।
साथै उनी कोपा अमेरिकाका उत्कृष्ट खेलाडी एवं सर्वाधिक गोलकर्ता बनेका छन्।
यसपटक कप्तान मेस्सीले अर्जेन्टिनालाई उपाधि दिलाउन उत्कृष्ट खेल खेलेका हुन्। उनले ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका हुन्।
अर्जेन्टिनाले गरेका १२ गोलमध्ये ९ गोलमा मेस्सीको प्रत्यक्ष भूमिका रह्यो।
१५ वर्षदेखि राष्ट्रका लागि खेलिरहेका उनले यसअघिसम्म उपाधि जित्न सकेका थिएनन्। यसपटक भने उनकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराउँदै उपाधि हात पारेको हो।
यो पनि : कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, मेस्सीलाई पहिलोपटक अन्तर्राष्ट्रिय टाइटल
1.1k
Shares

प्रतिक्रिया