खेल


२८ वर्षपछि कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, मेस्सीले पाए पहिलो अन्तर्राष्ट्रिय टाइटल

२८ वर्षपछि कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई, मेस्सीले पाए पहिलो अन्तर्राष्ट्रिय टाइटल

टिम अर्जेन्टिना


नेपालखबर
असार २७, २०७८ आइतबार ७:३६,

यसपटकको कोपा अमेरिका फु्टबलको उपाधि अर्जेन्टिनाले जितेको छ। 

नेपाली समयअनुसार आज बिहान सम्पन्न फाइनलमा आयोजक ब्राजिललाई उसकै मैदानमा एक गाेलले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेको हो। 

अर्जेन्टिनाका लागि एन्जल डिमारियाले खेलको २२औं मिनेटमा हानेकाे गोल नै जितका लागि निर्णायक बनेकाे हाे।

रोड्रिगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा डि मारियाले बलमा नियन्त्रण गर्दै विपक्षी गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए।

यो जितसँगै अर्जेन्टिनाका स्टार लियोनल मेस्सी पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि पनि चुम्न सफल भएका छन्। साथै उनले सातौं बालुन डी’ओर अवार्ड जित्ने सम्भावना सबैभन्दा बलियो बनेको छ। 

यसअघि मेस्सीले तीनवटा कोपा अमेरिका र एउटा विश्वकप फाइनल खेलिसकेका छन्। तर  उपाधि जित्न सकेका थिएनन्। 

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जितेको हो। यसअघि अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिका जितेको थियो। अर्जेन्टिनाको यो १५ औं कोपा अमेरिका उपाधि हो।

यस खेलसँगै मेस्सी यसपटकका कोपा अमेरिकाका उत्कृष्ट खेलाडी एवं सर्वाधिक गोलकर्ता बनेका छन्। 

यसपटक कप्तान मेस्सीले अर्जेन्टिनालाई उपाधि दिलाउन उत्कृष्ट खेल खेलेका हुन्। उनले ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका थिए।

Messi, scorer and best player of the tournament - The News 24

 यो पनिः कोपा अमेरिका जितेसँगै मेस्सी बने उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad