राजनीति


जसपा एक रहन सक्दैन, पार्टी छुट्याइदिनुस् भनेर हस्ताक्षर गर्यौं : अनिल झा

जसपा एक रहन सक्दैन, पार्टी छुट्याइदिनुस् भनेर हस्ताक्षर गर्यौं : अनिल झा

नेपालखबर
असार २२, २०७८ मंगलबार १३:४१,

जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका नेता अनिल झाले अब पार्टी एक हुन नसक्ने बताएका छन्। 

निर्वाचन आयोगमा आज भएको ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीचको छलफलपछि उनले पार्टीलाई अलग गरिदिन आग्रह गरेको बताए। 

'पार्टी छुट्याइदिनुस् भन्ने माइन्यूटमा हस्ताक्षर गरियो', संचारकर्मीहरुसँग उनले भने, 'अब पार्टी एक हुने अवस्था रहेन।'

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि ओलीलाई साथ दिने र नदिने पक्षका बीच जसपामा कित्ता छुट्टिएको थियो। 

जसपामा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ। दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आएका छन्।

यसअघि दुवै पक्षले एकअर्कालाई कारबाही गर्दै आयोगमा पत्र पठाएका थिए। तर आयोगले दुवैको कारबाहीलाई स्वीकार गरेको थिएन। 

त्यसपछि यादव पक्षले आयोगमा आधिकारिकता दाबी गर्दै निवेदन दिएको थियो। आयोगले ठाकुर पक्षलाई यादव पक्षको दाबीबारे १५ दिनभित्र जवाफ दिन भनेको थियो।

ठाकुर पक्षले २० जना कार्यकारिणी सदस्य थप गरेको पत्रसहित आयोगमा आधिकारिकता दाबी गरेका थिए।

दुवैले आधिकारिकता दाबी गरेपछि आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

    
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad