बाजुरामा भिरबाट लडेर एकजना युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा गौमुल गाउँपालिका–३ कटीका २९ वर्षीय वीरेन्द्र बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
मंगलबार गाउँ नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको हो।
उनी लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा भिरबाट लढेको अवस्थामा शव फेला परेको आफन्तले बताएका छन्। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ।
282
Shares

प्रतिक्रिया