कैलालीमा विषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।
टिकापुर नगरपालिका- १ एकतानगर निवासी निरज बिकका छोरा पाँच वर्षीय लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
घर नजिकै आँगनमा सर्पले टोकेर गम्भीर बिरामी भएका बालकलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गर्मी बढेसँगै तराई मधेसका जिल्लामा सर्प दंशका बिरामी अस्पताल जाने क्रम बढ्न थालेको छ।
78
Shares

प्रतिक्रिया