समाज


मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु, १७ वर्षका किशोर घाइते

मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु, १७ वर्षका किशोर घाइते

नेपालखबर
चैत १३, २०८१ बुधबार ५:३५, अछाम

अछाममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का किशोर घाइते भएका छन्। 

मंगलसेन नगरपालिका -५ स्थित मध्यपहाडी लोकमार्गमा मंगलबार मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा मंगलसेन –१ कुन्ती निवासी २० वर्षीय जीवन थापाको मृत्यु भएको हो। 

मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका १७ वर्षीय  चेतन थापा घाइते भएका प्रहरीले जनाएको छ। 

ठूलासेनबाट मंगलसेन तर्फ जाँदै गरेको से ७ प १४६९ नम्बरको मोटरसाइकल जीवन थापाले चलाएका थिए। 

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारको लागि जिल्ला अस्पताल मंगलसेन पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए।

घाइते चेतन थापालाई थप उपचारका लागि न्याय हेल्थ अस्पताल बयालपाटा रेफर गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad