समाज


टाउकोमा चोट लागेको अवस्थामा कञ्चनपुरमा २२ वर्षीय युवक मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

टाउकोमा चोट लागेको अवस्थामा कञ्चनपुरमा २२ वर्षीय युवक मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
साउन १६, २०८१ बुधबार १३:५३, कञ्चनपुर

कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। बेदकोट नगरपालिका–१० हरपालका २२ वर्षीय प्रवीन डगौँरा मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार बुधबार बेदकोट नगरपालिका–१०  नयाँ गाउँस्थित सडकमा डगौँराको शव भेटिएको हो।

घटनास्थलको मुचुल्का गरेर शव पोष्टमार्टमका लागि अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। 

मृतक डगौँराको टाउकोमा चोट छ। ‘हामीलाई बिहान खबर आएको थियो। अहिले घटनास्थल मुुचुल्का गरेर शव पोष्टमार्टमका लागि अस्पताल ल्याएका छौँ,’ डीएसपी जोशीले भने, ‘घटना बारे अनुसन्धान गर्दैछौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad