ad ad

राजनीति


राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीको राजीनामा, भन्छन्- बाहिरै बसेर पढ्नेलेख्ने काम गर्छु

राष्ट्रिय सुरक्षा सल्लाहकार वैरागीको राजीनामा, भन्छन्- बाहिरै बसेर पढ्नेलेख्ने काम गर्छु

नेपालखबर
साउन १६, २०८१ बुधबार १३:५२, काठमाडौँ

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएका छन्। 

वैरागीले गत साउन ९ गते नै राजीनामा दिएको नेपालखबरसँग बताए।

उनले छोटो कुराकानीमा भने, ‘विस्तृत कुरा केही पनि छैन। म अब बाहिरै बसेर पढ्ने, लेख्ने विचार गरेँ। अब सरकारका तर्फबाट सूचना आउला।’

परराष्ट्र सचिव, मुख्यसचिव हुँदै उनी राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका थिए। स्रोतका अनुसार, केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनले सहज महसुस गरेका थिएनन्। 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० जेठ ३२ गते राष्ट्रिय सुरक्षा सल्लाहकारको पद सिर्जना गरी वैरागीलाई नियुक्त गरेको थियो। ३ महिनापछि अवकाश पाउन लागेका बेला उनले मुख्य सचिवबाट राजीनामा दिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकारको पदमा नियुक्ति पाएका थिए।

मन्त्रिपरिषद्को सोही बैठकले वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाइएको थियो। 

अर्याल हाल भ्रष्टाचार मुद्दामा निलम्बित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .