ad ad

समाज


वर्षापछि पहिरो जाँदा मार्तडी–कोल्टी सडक अवरुद्ध

वर्षापछि पहिरो जाँदा मार्तडी–कोल्टी सडक अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८१ मंगलबार ११:५९, बैतडी

बाजुरामा अविरल वर्षाले पहिरो जाँदा पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ। 

मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए।

सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन्।

सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .