राजनीति


चर्किंदै अम्बानी प्रकरण, महाराष्ट्रका गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा निवेदन

चर्किंदै अम्बानी प्रकरण, महाराष्ट्रका गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा निवेदन

नेपालखबर
चैत ९, २०७७ सोमबार १०:५३,

मुम्बईका प्रहरी आयुक्तबाट हटाइएका परमवीर सिंहले महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखबारे सीबीआईबाट अनुसन्धान गर्न माग गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार देशमुखविरुद्ध आफूले लगाएको आरोपबारे छानबिनको माग गर्दै सिंहले सर्वाेच्च अदालतमा निवेदन दिएका हुन्।

परमवीर सिंहले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई पत्र पठाउँदै गृहमन्त्री देशमुखले अम्बानी प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सहायक प्रहरी निरीक्षकको संरक्षण गरेको र उनलाई महिनाको सय करोड रकम आफूकहाँ जम्मा गर्न भनेको आरोप लगाएका थिए।

सर्वाेच्च अदालतमा दिएको निवेदनमा उनले भनेका छन्, ‘यसबारे मैले मुख्यमन्त्री ठाकेरलाई पनि भनेको थिएँ। तर त्यसको केही दिनपछि नै मलाई सरुवा गरियो।’

उनले निवेदनमा आफूलाई सरुवा गर्नुको कारण पनि माग गरेका छन्।

परमवीरले गृहमन्त्री देशमुखले आफ्नो घरमा सचिन वझेसँग लगातार बैठक गर्ने गरेको दाबी पनि गरेका छन्। यसै क्रममा उनले वझेलाई महिनाको सय करोड रकम संकलन गरी आफपूलाई बुझाउन भनेको उनको आरोप छ।

साथै उनले देशमुखको घरमा रहेको सीसीटीभीको फुटेजको अनुसन्धान गर्नसमेत गरेका छन्। त्यसबाट वास्तविकता बाहिर आउने उनको दाबी छ।

आफ्नो कर्तुत लुकाउन गृहमन्त्री देशमुखले आफूलाई बलिको बोको बनाएको उनले आरोप लगाएका छन्। परमवीर सिंहले आफूले लगाएको आरोप पुष्टि गर्ने विभिन्न प्रमाण पनि सर्वाेच्च अदालतमा पेस गरेका छन्।

अदालतले उनको निवेदन स्वीकरा गरेको बताइएको छ। सर्वाेच्च अदालतमा उनका तर्फबाट वरिष्ठ अधिवक्ता मुकुल रोहतगीले प्रतिनिधित्व गर्नेछन्।

याे पनि :  फिल्म कहानीजस्तै अम्बानी प्रकरण : अहिलेसम्म के के भए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad