समाज


पशुपतिमा अख्तियार आउने भएपछि... (तस्बिरहरू)

पशुपतिमा अख्तियार आउने भएपछि... (तस्बिरहरू)

खाली गरिएपछि सुनसान पशुपति परिसर। तस्बिर : सरोज बैजु


सरोज बैजु
असार १०, २०८० आइतबार १५:५५, काठमाडौँ

सुनको जहलरी प्रकरणमा भएको भनिएको भ्रष्टाचारबारे छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आउने भएपछि पशुपतिनाथ परिसर पूरै खाली गरिएको छ।

पशुपति प्रवेश गर्ने गेटदेखि मुख्य प्रवेशद्वार नै बन्द गरिएको छ। अख्तियारले जलहरी प्रकरण छानबिनका लागि टोली आउने खबर गरेपछि पशुपतिको गर्भगृहका चारै ढोका पनि बन्द गरिएको छ।

पशुपतिनाथस्थित शिवलिङ्गको गर्भगृहलाई पूर्ण रुपमा ढाक्ने गरी सुनको जलहरी राख्दा भएको आम्दानी र खर्च विवरणबारे महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि संसदमा पनि प्रवेश गरेको थियो। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालमा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी बनाइएको भनिएको उक्त जलहरीलाई लिएर गत जेठमा संसद् विवाद हुँदा महालेखाले दुई वर्षअघि नै प्रश्न उठाएको थियो। 

महालेखाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत ४२ र ४३ नम्बर बुँदामा जलहरी निर्माणका क्रममा बाँकी भएको १० केजी ९७६ ग्राम सुनको हिसाब नभेटिएको जनाएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .