कारोबार


भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोडको बजेट (पूर्णपाठ)

भरतपुर महानगरले ल्यायो ६ अर्ब ३१ करोडको बजेट (पूर्णपाठ)

नेपालखबर
असार १०, २०८० आइतबार १५:५९, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाखको बजेट सार्वजनिक गरेको छ। आइतबार बसेको १३ औं नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन्। 

आन्तरिक आयबाट एक अर्ब ७५ करोड, माथिल्ला सरकारहरूबाट प्राप्त अनुदान एक अर्ब ८३ करोड ९९ लाख, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख र जनसहभागिताबाट ५० करोड बजेट विनियोजन भएको छ। 

महानगरले सार्वजनिक गरेको बजेटमा विपद् सामग्री खरीद, उचित भण्डारण, जनशक्ति परिचालन, जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन, राहत वितरण, पुनर्स्थापना जस्ता क्षेत्रमा बजेट विनियोजन भएको छ। 

त्यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पुननिर्माणका लागिसंघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी र सहकार्य गरिने बताइएको छ। जसका लागि ३ करोड विनियोजन गरिएको बताइएको छ।

पूर्णपाठः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .